काराकास । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या एक हजार ९४३ जना पुगेको छ ।
भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले पुष्टि गर्दै १० हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका थिए ।
विज्ञप्तिमार्फत रोड्रिगेजले अहिलेसम्म १५ हजारभन्दा बढी प्रभावित मानिसहरु दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भएदेखि ६ हजार ४६१ जनालाई उद्धार गरिएको बताएका छन् । उनका अनुसार भूकम्पमा परी हजारौ मानिसहरु अझै बेपत्ता रहेका छन् ।
संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरुको खोजी तथा उद्धार कार्य जारी छ ।





