काठमाडौं । लामो समयपछि नेपालका चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएका छन् । उनीहरूलाई एउटै मञ्चमा उपस्थित गराइदिने काम मदन भण्डारी फाउन्डेसनले गरेको हो ।

मदन भण्डारी फाउन्डेसनकी संरक्षक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकै पहलमा चार पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नेता झलनाथ खनाल एउटै मञ्चमा उपस्थित भएका हुन् ।

ADVERTISEMENT

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारी छिन् ।

ADVERTISEMENT

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठी आयोजना गरिएको छ । यस विषयमा बोल्न चार पूर्वप्रधानमन्त्री एकैसाथ देखिएका हुन् । जसलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

धेरैले पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा ठूला कम्युनिस्ट पार्टीहरूबीच एकता हुने चर्चा चलेको छ । तत्काल एकता नभए पनि एमाले र नेकपाबीच कार्यगत एकता हुने ओली र प्रचण्डले बताइसकेका छन् ।