काठमाडौं । कजारिया रमेश टायल्सले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै राजधानीमा आफ्नो रिटेल नेटवर्कलाई थप सुदृढ बनाएको छ ।
शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत् शृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।
सोमबार शोरुमको औपचारिक उद्घाटनमा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसडर दिव्या रायमाझीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । कजारिया रमेश टायल्सका प्रतिनिधि र शिव शक्ति बिजनेस हाउसका नेतृत्वसँग मिलेर औपचारिक रूपमा शोरुमलाई समुदायका लागि खुला गरे ।
आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको यस शोरुमले ग्राहकलाई टायल खरिदको एक उत्कृष्ट अनुभव प्रदान गर्नेछ । यसले ग्राहकहरूलाई विभिन्न टायल्सको प्याटर्न, फिनिसिङ र साइजहरूलाई प्रत्यक्ष रूपमा छामेर, महसुस गरेर र हेरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज बनाउनेछ ।

नारायणटार, जोरपाटीस्थित दक्षिणढोकामा सहज पहुँच हुने गरी स्थापना गरिएको यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ जहाँ आधुनिक टायल डिजाइन र उच्च गुणस्तरीय निर्माण सामग्रीहरू बुझ्न तथा खरिद गर्न चाहने जोकोहीलाई सहज हुने विश्वास कम्पनीले गरेको छ ।
कजारिया रमेश टायल्सले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्डअनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ‘एसियाज मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष आठ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।
तीन हजारभन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर एक सय प्लस शोरुमहरू खुलेका छन् ।
यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०*१२० से.मी., ६०*६० से.मी., ४०*४० से.मी. (८ मि.मी.), र १९.५*१२० से.मी.), सेरामिक वाल टायल्स (३०*६० से.मी. र ३०*४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०*४० से.मी., १२ मि.मी.) समावेश छन्, जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।





