काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२७ जेठ) का लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार विभिन्न तरकारी, फलफूल, मसला तथा माछाजन्य वस्तुको थोक मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, गोलभेँडा ठूलो सानो (लोकल) २० रुपैयाँ तथा गोलभेँडा सानो (टनेल) ३७ रुपैयाँ कायम गरिएको छ। आलु रातो (लाम्चो) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (गोलो) ३२ रुपैयाँ, आलु रातो (मुढे) ३५ रुपैयाँ र भारतीय प्याज ४३ रुपैयाँमा कारोबार भइरहेको छ।
तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा ६० रुपैयाँ, काउली ७० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ तथा भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ।
बोडी (तने) प्रतिकिलो ३० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोसा २०० रुपैयाँ, घिउ सिमी (लोकल तथा हाइब्रिड) ५० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ कायम भएको छ। भटमास कोसा १२० रुपैयाँ, तीते करेला ४० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर ५० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ र घिरौँला ६० रुपैयाँमा बिक्री भइरहेको छ।
हरियो तरकारीतर्फ रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो ९० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ तथा चमसुरको साग ९० रुपैयाँ निर्धारण गरिएको छ। च्याउ (कन्य) २३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३५० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ कायम गरिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ, मालभोग केरा २२० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ४२० रुपैयाँ, मालदह आँप ७० रुपैयाँ र दशहरी आँप १०० रुपैयाँ तोकिएको छ। तरबुजा प्रतिकिलो ५० रुपैयाँ, जुनार २२० रुपैयाँ, भुइँकटहर २०० रुपैयाँ, नासपाती (चाइनिज) १६० रुपैयाँ तथा मेवा (नेपाली) ९० रुपैयाँमा कारोबार भइरहेको छ।
मसलाजन्य वस्तुतर्फ अदुवा प्रतिकिलो १३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी (लाम्चो) ५० रुपैयाँ, बुलेट खुर्सानी ५० रुपैयाँ, माछे खुर्सानी ६० रुपैयाँ तथा अकबरे खुर्सानी ३०० रुपैयाँ निर्धारण गरिएको छ। हरियो धनियाँ १०० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ तथा नेपाली सुकेको लसुन १८० रुपैयाँ कायम भएको छ।
माछाजन्य वस्तुतर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा २५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
समितिले सार्वजनिक गर्ने दैनिक थोक मूल्यसूचीले बजारमा मूल्यको अवस्थाबारे जानकारी दिनुका साथै किसान, व्यापारी तथा उपभोक्तालाई कारोबारमा सहजता पुर्याउने विश्वास लिइएको छ।








