काठमाडौं । सरकारले २५ वटा आवश्यक सेवाहरुमा हड्ताल गर्न निषेध गरेको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै ती सेवामा हड्ताल निधेष गरिएको हो ।
हड्ताल गर्न निषेध गरिएका सेवाहरुमा डाँक, तरा वा टेलिफोन सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, सञ्चार सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवालगायत छन् ।
यस्तै, बैंकिङ, कन्सुलर सेवा विभाग, राहदानी विभाग, इन्टरनेट सेवामा हडताल निषेध गरिएको छ ।
१. डाँक, तरा वा टेलिफोन सेवा,
२. जल, स्थल वा हवाईजहाज मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा,
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा
मर्मत गर्ने कामसँग सम्बन्धित सेवा,
४. हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान
ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग
सम्बन्धित सेवा,
५.प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा,
६.हातहतियार खरखजाना वा अरु कुनै सैनिक सर–सामानको
उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित
नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा,
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा,
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्टसम्बन्धी सेवा,
११. पेट्रोलियम पदार्थ ९एल।पि। ग्याँस समेत० को पैठारी, ढुवानी,
भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा
(एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
१३. औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा,
१४. फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान
निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन
क्षेत्रसँग सम्बन्धित सेवा,
१५.बैंकिङ सेवा,
१६. बिमा सेवा,
१७. विद्युत सेवा,
१८. दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को
पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा,
१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
२०. मास्क सम्बन्धी सेवा,
२१. ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवा,
२२. भेटेरिनरी सेवा,
२३. कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा,
२४. राहदानी विभागबाट प्रदान हुने सेवा,
२५. ईन्टरनेट सेवा ।








