काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता हरेक चार चार वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमा आयोजना हुने गर्दछ । यसपटकको विश्वकप फुटबले प्रतियोगिताको काउन्ट डाउन सुरु भइसकेको छ ।

अबको १० दिन संसारभरका खेलप्रेमीको ध्यान विश्वकप फुटबलतर्फ केन्द्रित हुनेछ । झन्डै डेढ महिना लामो प्रतियोगितामा कुन देशले विश्वकप जित्ला, कुन कुन खेलाडी चम्केलान् भन्ने चासो धेरैको हुन्छ । विश्वकप फुटबल प्रतियोगितामा अर्बौं डलरको कारोबार हुन्छ । त्यही भएर पनि आफ्नो देशमा विश्वकप फुटबल गराउन तँछाडमछाड हुने गरेको छ ।

ADVERTISEMENT

नेपालमा पनि फुटबलको उत्साह दिनप्रतिदिन बढ्‌दै गएको छ। चिया पसलदेखि कलेज क्यान्टिनसम्म, सामाजिक सञ्जालका बहसदेखि स्थानीय फुटबल मैदानसम्म विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवबारे चर्चा हुन थालेको छ।

आगामी जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने विश्वकप प्रतियोगिताको इतिहासकै सबैभन्दा ठूलो संस्करणमध्ये एक हुने अपेक्षा गरिएको छ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने यस विश्वकपमा पहिलोपटक ४८ राष्ट्रिय टोली सहभागी हुनेछन। यसले प्रतियोगितालाई अझ फराकिलो बनाएको छ ।
धेरै समर्थकका लागि विश्वकप केवल अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र होइन, साथीभाइ, परिवार र समुदायलाई राति अबेरसम्म एउटै स्क्रिनअगाडि जोड्‌ने साझा अनुभव पनि हो। काठमाडौं, पोखरा तथा अन्य सहरी क्षेत्रका क्याफे, रेस्टुरेन्ट र सार्वजनिक स्थानहरू ठूला खेलका बेला अनौपचारिक दर्शकस्थलमा परिवर्तन हुने गरेका छन्।

समूहमा भेला भएर आफ्ना मनपर्ने टोलीलाई समर्थन गर्ने, खेलको हरेक क्षणमा उत्साह व्यक्त गर्ने र साधारण रातलाई फुटबलमय माहोलमा बदल्ने दृश्य सामान्यजस्तै बन्ने गर्छ। विश्वकपबाहेकका अन्तर्राष्ट्रिय खेल र स्थानीय प्रतियोगिताहरुमा पनि दशरथ रंगशाला जस्ता रंगशालामा उल्लेखनीय दर्शक उपस्थिति देखिने गरेको छ, जसले फुटबलप्रतिको रुचि केवल मौसमी नभई स्थायी रहेको संकेत गर्छ। विश्वकपको समय नजिकिँदा यो सामाजिक जीवनको हिस्सा, भेटघाटको माध्यम र विश्व खेलकुदसँग जोडिने एउटा साझा अनुभव बनिसकेको छ।

नेपालमा विश्वकप फुटबल माहोल बढ्‌दै जाँदा कोकाकोलाले फुटबलको केन्द्रमा आफ्नो बलियो उपस्थिति बनाइरहेको छ । कोकाकोलाको विश्वकप फुटबल प्रतियोगितासँग ५० वर्षभन्दा बढी समयदेखि सहकार्य भइरहेको छ । सन् १९७४ मा सुरु भएको एउटा सम्झौता समयसँगै कोकाकोला अहलिे फिफाको बलियो साझेदारी बनेको छ ।
विश्वव्यापी रुपमा कोकाकोला कम्पनी अहिले २०० भन्दा बढी देशमा पुगेको छ । दैनिक करिब १.९ अर्बको पेय पदार्थ बिक्री हुने तथ्यांक सार्वजनिक गरिएको छ। यही कारण फिफासँगको यसको सहकार्य विश्वकै सबैभन्दा शक्तिशाली ब्रान्ड खेलकुद साझेदारीमध्ये एक मानिन्छ। विश्लेषकहरुका अनुसार विश्वकपले प्रत्येक संस्करणमा अबौँ दर्शकसम्म पुग्ने अवसर दिने भएकाले कोकाकोलाले आफूलाई केवल विज्ञापनदाता मात्र नभई विश्वकप अनुभवकै एक हिस्सा बनाउँदै आएको छ।