काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले संसद्मा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन्।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले जनताद्वारा निर्वाचित प्रधानमन्त्रीले जनताको आवाज सुन्नुपर्नेमा जोड दिए।

उनले संविधानले स्थापित गरेको अधिकारको सम्मान सरकारले गरेमात्र लोकतन्त्र सही दिशामा अघि बढ्न सक्ने बताए।राईले संसद्लाई जनताको आवाज उठाउने सर्वोच्च थलोका रूपमा सम्मान गर्नुपर्ने उल्लेख गर्दै सांसदहरूले उठाएका विषयप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

ADVERTISEMENT

त्यस्तै, उनले पाथीभरामा केबलकार निर्माणका नाममा भइरहेको गतिविधिलाई धार्मिक अतिक्रमणको संज्ञा दिँदै तत्काल रोक्न माग गरे।उनका अनुसार धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रमा स्थानीय समुदायको भावना विपरीत कुनै पनि विकास आयोजना अघि बढाउन नहुने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा उनले सरकारलाई जनभावनाप्रति संवेदनशील हुन र विवादित विषयमा आवश्यक संवाद तथा सहमतिको प्रक्रिया अघि बढाउन आग्रह गरे।

ADVERTISEMENT