काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रान्डी इन्टरनेसनल हस्पिटलबिच मेडिकल सेवा सम्झौता भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र ग्रान्डी इन्टरनेसनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाबीच हस्पिटलले दिने सेवा सम्बन्धमा बुधबार लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल जाँचका लागि सहुलियत दरमा छिटोछरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई १० प्रतिशत छुट सुविधासहित सहुलियत दरमा स्वास्थ्थोपचार सुविधा उपलव्ध गराउने व्यवस्था गरिएको छ । यसप्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरुले लाभ उठाउन सक्ने अपेक्षा इन्स्यारेन्स कम्पनीले गरेको छ ।

नेसनल लाइफ इन्स्योरेन्स आकर्षक बोनसदरसहित विगत ३७ वर्षदेखि जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी हो ।