काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ती युवाहरूलाई सिंहदरबार परिसरभित्रैबाट नियन्त्रणमा लिइएको हो।
उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो।
सेयर कारोबारमा विवादित एक व्यापारीसँगको साझेदारी सार्वजनिक भएपछि पछिल्ला दिनहरूमा गृहमन्त्री गुरुङको व्यापक आलोचना हुँदै आएको छ।







