काठमाडौं । बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।भट्टराईसँगै उनकी पत्नी तथा पूर्व मन्त्री हिसिला यमी पनि आज भारत गएकी छन् ।
भट्टराई ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुन भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उक्त कार्यक्रम राममनोहर लोहिया को स्मृतिमा आयोजना गरिँदै आएको हो ।

भट्टराई वैशाख २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।