काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन्। श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिएको विषयमा विभागीय मन्त्रीले आवश्यक ध्यान नपुर्‍याएको भन्दै प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्रीले मन्त्री मेहतालाई सचेत गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

उक्त प्रकरणमा यसअघि नै प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरिसकेका छन्। विवादास्पद नियुक्तिका कारण सरकारभित्र नै आलोचना बढेपछि प्रधानमन्त्रीले कडा निर्णय लिएका हुन्।

सचेतनामूलक पत्रमा “यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकाले स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु” उल्लेख गरिएको छ।

ADVERTISEMENT