काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले अध्यक्ष केपी ओली पक्राउप्रकरणबारे विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बैठकले पार्टी कार्यकर्ताहरू, जनसंगठन र आम नागरिकसँग सहकार्य गर्दै विरोध प्रदर्शन अघि बढाउने रणनीति तय गरेको हो।

बैठकका निर्णय अनुसार:

ADVERTISEMENT
  1. आम जनसमुदाय र नागरिक समाजको समर्थनमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
  2. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने।
  3. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजना गरी प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने।
  4. लोकतन्त्र र कानुनी राज्यका पक्षधर दलहरू, नागरिक समाज र आम जनसमुदायसँग समन्वय र सहकार्य गर्ने।

बैठकपछि पार्टीका नेता तथा पदाधिकारीहरूले देशव्यापी विरोध कार्यक्रमको तयारी सुरु गरेको बताएका छन्।

ADVERTISEMENT