काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी गम्भीर आरोप लगाउँदै नियन्त्रणमा लिएको छ। उनीहरूलाई जेनजी आन्दोलन दमनसम्बन्धी घटनामा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ कसुरअन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको हो।

पक्राउको खबर फैलिएसँगै नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित उक्त बैठकमा अध्यक्ष ओलीको पक्राउ राजनीति प्रतिशोध भएकाले  पदाधिकारीहरू उपस्थित भई परिस्थितिबारे छलफल हुने एक एमाले नेताले जानकारी दिए ।

ADVERTISEMENT

बैठकमा आगामी विरोध कार्यक्रम, कानुनी रणनीति र पार्टीको प्रतिवादको रूपरेखा तय गर्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ।