काठमाडौं। सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्नेगरी ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो।

ADVERTISEMENT

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै मन्त्री अर्यालले भन्नुभयो, “२०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको छ।”

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे तयार पारिएको उक्त प्रतिवेदनबारे मन्त्रिपरिषद्मा आइतबार विस्तृत छलफल भएको थियो। तर उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।

ADVERTISEMENT

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलगायतलाई फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख गरिएको छ।

उक्त प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने मागसहित विभिन्न राजनीतिक तथा नागरिक स्तरबाट दबाब बढ्दै गएको छ।