काठमाडौं। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुनको मूल्य दुई हजार रुपैयाँ र चाँदीको मोल २०५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ। हिजो बुधबार सुनको मूल्य तीन लाख १९ हजार र चाँदी पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

गत मङ्गलबार छापावाल सुनको मूल्य पनि प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा स्थिर रहेको थियो। सोमबार सुनको मूल्य तीन लाख १३ हजार २०० र चाँदी पाँच हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुनको मूल्य पाँच हजार २१० अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।