काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ११ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ। यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो।
यसैगरी, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २७५ रुपैयाँ घटेर ५ हजार ५४० रुपैयाँ कायम भएको छ।