काठमाडौं । सिरहा ३ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मंगलबार राति प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो ।

सिरहाको विष्णुपुर गाउँपालिका–५ घर भएका यादवलाई निर्वाचन सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीले नेपाल–भारत सीमामा पर्ने माडर बजार हुँदै सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीबाट नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ADVERTISEMENT

प्रहरी नायव उपरीक्षक रमेशबहादर पालका अनुसार राति करिब साढे १२ बजेतिर माडर बजारदखि उत्तर पर्ने शिवचोकमा स्कारपियो रोकेर चेकजाँच गर्दा गाडीबाट चार लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादव, गाडी चालकसहित अन्य पाँचजनालाई नियन्त्रणमा लिइएको छ ।

निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले उम्मेदवारलाई नगदसहित पक्राउ गरेको भन्ने सूचना आए पनि प्रहरीले आवश्यक अनुसन्धानपछि आफूहरुकहाँ बुझाउने भएकाले प्रहरीबाट ल्याइएपछि मात्र के कसो गर्ने भन्ने निर्णय गरिने प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं। ३ का सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईले बताए ।

ADVERTISEMENT