काठमाडौं, ११ फागुन। नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी छिन्। प्राधिकरणको अनुसन्धान महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुङ्गेललाई यही फागुन ५ गतेको निर्णयअनुसार प्रवक्ताको जिम्मेवारी समेत प्रदान गरिएको हो।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ बमोजिम निर्देशक ढुङ्गेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिएका छन्।

ढुङ्गेलले अब अनुसन्धान महाशाखासँगै प्राधिकरणको आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी पनि सम्हाल्नेछिन्।

ADVERTISEMENT

ADVERTISEMENT