काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले डान्स गर्न नसिकेकोमा पछुतो लागेको बताएका छन्। बालबालिकाको डान्स रियालीटी शो नेशन्स् गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा, सिजन २ को अतिथिका रुपमा पुगेका हास्यकलाकार श्रेष्ठले डान्स गर्न नसिकेकोमा पछुतो मानेका हुन्।

नेशन्स् गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा, सिजन २ अन्तर्गतको उत्कृष्ट ९ राउन्डमा सिराहकी एनी चौधरीले फुर्तिलो डान्स गरेपछि प्रतिक्रिया दिने क्रममा उक्त भावना व्यक्त गरेका हुन्। उनले भने, ‘म त डान्स हेरेर बोल्नै सकिन। एकदम हेरेको हेरयै भएँ। मलाई पार्किन्सन्स छ, डान्स हेर्दाहेर्दै मनमा यस्तो भयो कि मिथीलाजीसँगको जस्तो संगत भएर पनि मैले कसरी डान्स सिकिनँ ? मैले डान्स जानेको भए मलाई पार्किन्सन्स नै हुँदैन थियो। जिउ फ्लेक्जिवल हुन्थ्यो एकदम। डान्स गर्नेहरुलाई कहिल्यै पनि पार्किन्सन्स निस्किँदैन।’

ADVERTISEMENT

कार्यक्रम प्रस्तोता प्रनिमा दाहालले सञ्चालन गरिरहेको कार्यक्रममा काठमाडौंका ७ वर्षिया एरोन रिजालले डान्स पस्केपछि मदनकृष्णले सबै प्रतिस्पर्धी एक से एक भएको पाएको बताए। ‘बच्चाहरुले पनि यत्तिको राम्रो डान्स गर्छन् भन्ने अन्दाज नै नगरेको मैले त। हरेको हे¥यै भइरहेँ,’ उनले भने ।

ADVERTISEMENT

सोलुखुम्बुकी ७ वर्षिया पासाङ ल्हामु शेर्पाको नृत्य हेरेपछि मदनकृष्णले आफुलाई सबैभन्दा राम्रो नृत्य मिथिला शर्माको लाग्ने खुलाए। ‘मलाई नेपालमा डान्स गर्नेमध्ये सवैभन्दा राम्रो डान्स मिथिलाजीको लाग्छ। पासाङले डान्स गर्दा ठाउँ ठाउँमा मिथीलाजीको अदा आइराखेको थियो। मख्खै पार्‍यो, ध्यान कतै पनि ड्रप गरेन,’ लबबहादुर कार्कीको निर्माण र निर्देशनमा एएनपी मिडिया हाउसको प्रस्तुति रहेको कार्यक्रममा मदनकृष्णको प्रतिक्रिया थियो।

अर्की एक प्रतिस्पर्धीको नृत्यपछि प्रतिक्रिया दिने क्रममा पनि मदनकृष्णले मिथिलाको नृत्य शैलीको तारिफ गरे। भने, ‘मिथिलाजीकोमा अनुहारले नै गीतको शव्द बोलिरहेको हुन्छ। आँखा नाचिरहेको हुन्छ। कोही ठुस्स परेर नाचिरहेको हुन्छन्, तर मिथिलाजीले हासेर शव्दअनुसार गर्ने प्रस्तुति राम्रो लाग्छ।’ मिथिला पनि मख्ख परिन्। भनिन् ‘तारिफ उता गरे पनि फलो मलाई गरिरहेको छ। म मख्ख परेकी छु।’

ADVERTISEMENT

नेशन्स् गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा, सिजन २ अन्र्तगतको उत्कृष्ट ९ राउण्डमा डोटीकी उदिप्ती राउत हर्रर थिममा डान्स गर्दा अर्की निर्णायक अभिनेत्री नीता ढुंगानाको सातो गयो। उदिप्तीले अचानक आप्mनै हट सिट अगाडि आएर हे भन्दा उनी नराम्ररी तर्सिइन्। नीताले तर्सिएर आबुई भन्दै मदनकुष्णलाई समाउन पुगिन्।

नेशन्स् गट ट्यालेन्ट राष्ट्रको प्रतिभा, सिजन २ मा अभिनेत्रीद्वय मिथिला शर्मा र नीता ढुंगाना तथा छमछमी नृत्य प्रतियोगिता विजेता निर्णायक रहेका छन्। नेशन्स् गट ट्यालेन्ट हरेक आईतवार साँझ ६ बजे स्पेस फोके टेलिभिजन र ७ बजे ओएसआर रियालीटी युटुयुब च्यानलमा प्रसारण भइरहेको छ। शो उत्कृष्ट ५ को चरणमा प्रवेश गरेको छ।