काठमाडौं। बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि ढिलो भएको छ।उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।
उक्त घटनापछि विमानस्थल सुरक्षाकर्मीले यात्रुलाई नियन्त्रणमा लिएका छन् भने जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि प्राविधिक टोली काठमाडौंबाट भैरहवा प्रस्थान गरिसकेको छ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानूनी अपराध मानिन्छ। बुद्ध एयरले यात्रुवर्गमा परेको असुविधाप्रति क्षमा प्रकट गर्दै आवश्यक सुरक्षा प्रक्रियालाई अघि बढाइरहेको जनाएको छ।








