काठमाडौं । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले भौतिक पूर्वाधार पुनःनिर्माणमा कोषलाई एक करोड एक लाख प्रदान गरेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई एक करोड एक लाख सहयोग गरेको हो ।

ADVERTISEMENT

सो रकम बराबरको चेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे । अर्थमन्त्री खनालले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा अर्थ सचिव, राजस्व सचिवलगायत सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेतको उपस्थिति थियो । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय सोमबारसम्म कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको जानकारी दिए ।

ADVERTISEMENT