काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालका जीवन बीमा कम्पनीहरूले करिब ७७ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा जीवन बीमा क्षेत्रबाट कुल ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क उठेको हो ।

बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले मंसिर मसान्तसम्म २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले सो अवधिमा ९ अर्ब २७ करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपाल इन्स्योरेन्सले ८ अर्ब १८ करोड १० लाख रुपैयाँ संकलन गर्दै तेस्रो स्थान ओगटेको छ ।

अन्य कम्पनीहरूमा हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९२ करोड ४३ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब ४७ करोड ९१ लाख तथा एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ७५ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसै अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब २३ करोड २५ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ८० करोड ५२ लाख, मेटलाइफ इन्स्योरेन्सले २ अर्ब ६३ करोड ७६ लाख र आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

त्यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ३४ करोड २० लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ अर्ब २२ करोड १८ लाख र सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार जीवन बीमा क्षेत्रमा बीमाशुल्क संकलन क्रमशः बढ्दो देखिएको छ, जसले बीमा पहुँच विस्तार हुँदै गएको  ।