काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज (सोमबार) सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा जीवन बीममा कम्पनीहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्ने पहिलो नम्बरमा नेपाल लाइफ रहेको छ । कम्पनीले १७ अर्ब ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

ADVERTISEMENT

त्यसैगरी, चार महिनामा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले चार महिनामा ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सो अविधमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँ संकलन गरेको छ भने हिमालयन लाइफले ५ अर्ब ६४ करोड रुपैयाँ संकलन गरेको छ ।

ADVERTISEMENT

सूर्यज्योति लाइफले चार महिनामा ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दा एशियन लाइफले २ अर्ब ९९ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । चार महिनामा सिटिजन लाइफले २ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, चालु वर्षको कात्तिकसम्ममा सानीमा रिलायन्स लाइफले २ अर्ब २८ करोड १६ लाख रुपैयाँ, मेट लाइफले २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३० करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।