काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेर हालसम्मकै सबैभन्दा महँगोमा कारोबार भएको छ ।
सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँ बढेर दुई लाख ७० हजार ६ सय पुगेको छ। शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य तोलामा दुई सय ७० रुपैयाँ बढेर चार हजार आठ सय ३५ पुगेको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। शुक्रबार चाँदीको भाउ तोलाको चार हजार पाँच सय ६५ रुपैयाँ थियो।







