काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसले दायर गरेको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।

पूर्णइजलासमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी,मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्। गत मंसिर २१ गते प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

ADVERTISEMENT

कांग्रेसका सातजना पूर्वसांसदको तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्म खातीले रिट निवेदन पेस गरेका थिए। निवेदकमा प्रमुख सचेतक घिमिरेसहित, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा छन्। कांग्रेसमा संस्थापन पक्षका पूर्वसांसदले रिट हालेका हुन् । यो विषयलाई लिएर कांग्रेसमा दुईथरी धारणा उत्पन्न भएको छ ।

ADVERTISEMENT

यसअघि एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर गरेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा भइरहेको छ । कांग्रेसले दायर गरेको रिट पनि अब संवैधानिक इजलासमा पठाउने र सँगै राखेर एकसाथ सुनुवाइ गरिने बताइन्छ ।