काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको कुल ७७ लाख २६ हजार २ सय ७५.४ कित्ता सेयर सूचीकृत भएको हो ।

मंगलबार एशियन लाइफ इन्स्योरेन्सको ५.१ प्रतिशत बोनस सेयर बापत १७ लाख ३३ हजार ९ सय १६ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्सको १८ प्रतिश बोनस सेयर बापत नेप्सेमा २५ लाख ९४ हजार ६ सय ७८ कित्ता सेयर सूचीकृत भएको हो ।

ADVERTISEMENT

साथै, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको १२ प्रतिशत बोन सेयर बापतको ३३ लाख ९७ हजार ६ सय ८० कित्ता सेयर सूचीकृत भएको हो ।

ADVERTISEMENT