काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारितको लागि ९ औं साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २४ गते दियो महल धुम्बाराही काठमाडौंमा बिहान १० बजे बस्ने आव्हान गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत नगद लाभांश (करसहित) को प्रस्ताव पारित गर्नेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ ।
सभामा चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।जसअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ९ गतेसम्म कायम सेयरधनीहरुले सभामा सहभागिता हुन् र प्रस्तावित लाभांश पाउँने कम्पनीले एक् सूचनामार्फत जानकारी दिएको छ ।









