काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
साथै, उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्ने र स्वीकृत भए प्रश्चात आगामी वार्षिक साधारण सभाबाट पारीत गर्ने कम्पनीले एक् सूचनामार्फत जानकारी दिएके छ ।





