काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २१ गते कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा बिहान १० बजे बस्ने आव्हान गरेको हो ।
सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।
चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्वाचन गर्नेछ ।
संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साथै, साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसारपुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस कम्पनीको सेयर खरीद गर्ने सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।







