काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर मृत्यु भएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ परेका छन्।

मृतकको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी थालेको थियो।

भिडियोका आधारमा पहिचान गरी जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवनमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवनमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

ADVERTISEMENT

उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा मृतकको शवबाट गहना निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो।

ADVERTISEMENT

प्रहरीले भिडियो तथा अन्य प्रमाणका आधारमा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गरेको जनाएको छ।