काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्ने २४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंंसिर २४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार साधारण सभा पुस २१ गते सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान १० बजे बस्ने आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

ADVERTISEMENT

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

ADVERTISEMENT

सभाले चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले संस्थापक र सर्वसाधारण समूहबाट ३/३ गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, कर्पोरेट भवन बनाउन जग्गा वा भवन खरीद गर्नेछ ।

ADVERTISEMENT

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस ६ गते आइतबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।