काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको लाभांश प्रस्ताव पारित गर्ने वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २ गते बसेको समितिको निर्णय अनुसार १२औं वार्षिक साधारण सभा मंसिर २५ गते स्मार्ट दरबार शखंपार्क काठमाडौंमा बिहान ९ बजेदेखि आव्हान गरेको हो ।

सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ।

ADVERTISEMENT

सभाले गत आवको वार्षिक प्रतिवेदनको छलफल गरी प्रस्ताव पारित गर्नेछ ।

ADVERTISEMENT

सभाले लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ ।

सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

ADVERTISEMENT

सभाले सञ्चालकको भत्ता, सेवा र सुविधा, सञ्चालकको नियुक्ति अनुमोदन, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारबाही अनुमोदन, संस्थागत सुशासन प्रतिवेदन स्वीकृत गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संधोन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साथै, साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।