काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४ सय ३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले पहिला नै संस्थापक सेयरधनीलाई बिक्रीमा ल्याएके थियो संस्थापकहरुबाट आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति वा संस्थाको लागि बिक्रीमा ल्याएको हो ।
कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । सेयर किन्न इच्छुक अन्य व्यक्ति वा संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।





