काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ग्रिन डेभलपमेन्ट बैंक र माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
ग्रिन डेभलपमेन्ट बैंक
नेप्सेमा ग्रिन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनस सेयरको आधारमा ३ लाख ९ हजार ७ सय ६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको ४ प्रतिशत बोनस सेयरको आधारमा नेप्सेमा ४६ लाख ४८ हजार ५ सय ४३ कित्ता सेयर सूचीकृत भएको हो ।
साथै, अब नेप्सेमा बुधबार अर्थात मंसिर १७ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउँनेछ ।






