काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सूचीकृत भएको हो ।
नेप्सेमा ६५ प्रतिशत हकप्रद बापत २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
साथै, सेयर सूचीकृत भएसंगै आफ्नो खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्ने सक्ने छन् ।




