काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार वार्षिक साधारण सभा संसिर २९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ३९ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।






