काठमाडौं । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार १९औं वार्षिक सभा मंसिर २९ गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान भक्तपुरमा बिहान ११ बजेदेखि आव्हान गरेको हो ।

सभामा गत आवको मुनाफाबाट सेयरधनीलाई ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

ADVERTISEMENT

सभाले अग्राधिकार सेयर पूँजीमा वार्षिक ६ प्रतिशतले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

ADVERTISEMENT

सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंसिर ११ गतेसम्म कायम सेयरधनीहरूले मात्रै भाग लिन र लाभांश पाउने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT