काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले अवितरित संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको ६ लाख २१ हजार ६०६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १ सय ६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४ सय ४४ कित्ता अवितरित हकप्रद सेयर प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।
उक्त सेयर व्यक्ति वा संस्थाले मंसिर ११ गतेदेखि २५ गतेभित्र बैंकको बोलपत्र फाराम बिक्री प्रबन्धक ग्लोलब आइएमई क्यापिटल लिमिटेड नक्साल काठमाडौंको साथै ग्लोबल आइएमई बैंकको बिराटनगर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरो–पोखरा, वुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइँनेछ र सोही स्थानमा बुझाउन सकिनेछ।






