काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित सेयर बिक्रीमा ल्याएको हो । बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको ६ लाख २१ हजार ६ सय ६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४ सय ४४ कित्ता अवितरित हकप्रद सेयर सबैले किन्न पाउने गरी लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। सेयर किन्नका लागि बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ।
बोलपत्र भोलि मंसिर ११ गतेदेखि २५ गतेभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोलब आइएमई क्यापिटल लिमिटेडको साथै ग्लोबल आइएमई बैंकको विराटनगर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरो–पोखरा, वुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइँनेछ र सोही स्थानमा बुझाउन सकिने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।





