काठमाडौं । सेवा हाइड्रो लिमिटेडले १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा मंसिर २७ गते शनिबार रजिष्टर्ड कार्यालय, काठमाडौं १० बानेश्वरमा बिहान १० बजे बस्ने आव्हान गरेको हो ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ र सभाले आव ०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने र सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
सभाले लेखा परिक्षण प्रतिवेदन लगायत वित्तीय विवरण छलफल गरि स्वीकृथ गर्ने र आव ०८२/०८३ को लागि लेखापरिक्षक नियुक्ति तथा निजको पपरश्रमिक निर्धारण गर्नेछ ।