काठमाडौं । बैंकिङ क्षेत्र सुुधार सुुझाव कार्यदलले गर्भनर डा. विश्वनाथ पौडेललाई सुुझाव प्रतिवेदन बुझाएको छ । डा.रेवतबहादुुर कार्कीको संयोजकत्वमा एक महिना अघि गठित कार्यदलले सोमबार अन्तिम प्रतिवेदन बुुझाएको हो । कार्यदले प्रारम्भिक प्रतिवेदन असार २४ गते बुुझाएको थियो ।
कार्यदलले आर्थिक गतिविधि चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुुपर्ने भूूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाह बढाउन चाल्नुुपर्ने कदम, नेपाललाई ग्रे–लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुुपर्ने भूमिका लगायतका विषयमा सुुझाव दिएको छ ।
यस्तै पुुँजी बजारको विकासमा केन्द्रीय बैंकको भूमिका, जोखिममा आधारित सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवा विकास लागि चाल्नुुपर्ने कदमबारे सुुझाव दिइएको छ । बैंक तथा वित्तिय संस्था गाभ्ने र प्राप्ति तथा त्यसपछिका समस्या समाधानका विषय पनि कार्यदलको प्रतिवेदनमा परेका छन् ।



