काठमाडौं । विघटित प्रतिनिधिसभामा रहेको नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सुरु हुने तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

एमालेले प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक’ भन्दै आएको छ । संसद् पुनर्स्थापना गरिनुपर्नेमा एमाले जोड दिइरहेको छ ।

ADVERTISEMENT

सरकारले भने आउँदो फागुन २१ गते हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको छ । बैठकमा पछिल्लो राजनीतिक र समसामयिक विषयमा छलफल गरिनेछ ।

ADVERTISEMENT