काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १७ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अधिकृत तथा जारी पूँजी ८० करोड रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख बराबरको प्रति अंकित मूल्य १०० का दरका १७ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

कार्तिक २६ सम्पन्न भएको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा नं. ६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको यस आयोजनना २०८२ माघ भित्रमा सम्पन्न गर्ने लक्ष रहको र नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथा सम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको बताए ।

ADVERTISEMENT