काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि आयोजित ‘ट्रफी जात्रा’ पाटन दरबार स्क्वायर पुगेको छ ।

एनपीएलका प्रत्येक सहभागी टिमले ट्रफी टूर गरिरहेको बेला काठमाडौं गोर्खाजले पनि भक्तपुर दरवार स्क्वायरसँगै पाटन र काठमाडौं दरवार स्क्वायरमा ‘ट्रफी जात्रा’ आयोजना गरेको हो ।

ADVERTISEMENT

पाटन दरवार क्षेत्र पुगेको ट्रफीसँग फोटो खिच्न समर्थकहरूको भीड लागेको थियो । विराटनगरबाट सुरू भएको ट्रफी टूर सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिने बताइएको छ ।

ADVERTISEMENT

विराटनगरबाट ट्रफी टुर मधेश प्रदेशको जनकपुरबाट चितवन हुँदै काठमाडौं आइपुगेको हो । काठमाडौंका प्रमुख स्थानमा ट्रफी टूर गरेसँगै पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर टुंगिने छ । एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदैछ ।

ADVERTISEMENT