काठमाडौँ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडले शेयर धनीलाई १९ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।
कम्पनीको सोमबार सम्पन्न छैटौं वार्षिक साधारणसभाले शेयर धनीलाई १९ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो ।
सो साधारण सभाले आर्थिक वर्ष २०८१\८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

फोनपेका सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभामा फोनपेका शेयरधनिहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो ।
साधारण सभाले फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई शेयर निष्कासन गर्ने समेत निर्णय गरेको जनाएको छ । यस्तै स्वतन्त्र सञ्चालकमा पुनः  सशीन जोशीलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।