ललितपुर। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटकपटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा चिन्ता व्यक्त गरेका छन ।
करिब एक दशकको अन्तरमा हुने आन्दोलन नै देशको स्थिरता र विकासको बाधक भएको उनको भनाई छ ।
राष्ट्रिय एकताका लागि नागरिक पहलले बुुधबार ललितपुरमा आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी–२०८२’ कार्यक्रममा उनले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरी असन्तुष्टि पैदा हुने र त्यसले सङ्क्रमणकालीन अवस्था निम्त्याउने बताए ।
जेनजी प्रतिनिधि मोनिका निरौलाले दलहरुभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक रुपान्तरण आवश्यक रहेको बताउँदै उनले नागरिक बाँच्नका लागि विदेशिनुपर्ने अवस्थाले निराशा पैदा गरेको बताए ।










