काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ आइतबारदेखि स्वतन्त्र रहेनन् । २०७९ को स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बनेर उनले मेयर जितेका थिए । त्यसयता उनी साढे तीन वर्षसम्म स्वतन्त्र रहे ।

आगामी फागुन २१ गते हुने चुनावका लागि उनले पार्टी खोलेका छन् । उनको श्रम संस्कृति पार्टीलाई आयोगले आइतबार मान्यता दिएको छ ।

आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण साङपाङ स्वयं उपस्थित भए । दलको प्रमाणपत्र लिँदा उनी खुसी देखिएका थिए । आजै उनी धरानबाट काठमाडौं आएका हुन् ।

उनको दलको चुनाव चिन्ह ‘माटो’ राखिएको छ। पार्टीमा २८ केन्द्रीय सदस्य र पाँचजना पदाधिकारी छन्। साम्पाङ अध्यक्ष रहेको पार्टीको महासचिवमा देवराज लामा र आर्यन राई, कोषाध्यक्ष समिता राई तथा प्रवक्तामा अरुण गुरुङ तोकिएका छन्।