काठमाडौं, नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा ठूलो जनसभा आयोजना गर्ने निर्णय गरेको छ।
शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडास्तरदेखि जिल्ला हुँदै काठमाडौंमा जनसभा आयोजना गर्ने निर्णय गरेको हो।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा कात्तिक २२ गते जनभेला, पालिकास्तरमा कात्तिक २५ गते प्रदर्शन, र कात्तिक २९ गते जनसभा गर्ने कार्यक्रम तय गरिएको छ।
ज्ञवालीले यी कार्यक्रमहरू पार्टीको जनपरिचालन नीति अनुसार तय गरिएको बताए।






