काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
यसको असरले आज देशभरको मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषणमा उल्लेख छ ।
आज दिनभरको मौसम बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू भागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भू भागमा आंशिक बदली रहने छ ।
सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक\दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।





