काठमाडौँ ।आज तीन वटा प्रदेशको पहाडी तथा हिमाली एक र दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
सबै प्रदेशको पहाडी भागमा आज मौसम आंशिक बदली छ । अरू ठाउँको मौसम मूख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ । आजराति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली तथा बाँकी भागमा मूख्यतया सफा रहने अनुमान छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा आजराति हल्का वर्षारहिमपातको सम्भावना रहेको छ







